आइतबार, भदौ ७, २०८३

संविधान संशोधनबारे कांग्रेस–जसपा एक ठाउँमा

सरकारले संविधान संशोधनको तयारी थालेसँगै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एक ठाउँमा उभिने कसरतमा जुटेका छन्।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- सरकारले संविधान संशोधनको तयारी थालेसँगै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एक ठाउँमा उभिने कसरतमा जुटेका छन्।

नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ।

जसपाका नेताहरुले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी संविधान संशोधनको मुद्दामा गठबन्धन बलियो बनाउन आग्रह गरेका छन्।

देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा जसपाका नेताहरुले संविधान संशोधन प्रक्रिया अगाडि बढेमा मधेस मुद्दा पनि समेटिनुपर्ने बताएका थिए।

उत्तरमा देउवाले आइतबार बस्ने पार्टीको बैठकमा छलफल गरेर निष्कर्षमा पुगिने बताएको जसपाका नेता राजेन्द्र महतोले जानकारी दिए। महतोले संविधान संशोधन गर्दा मधेसको एजेन्डा पनि समावेश हुनुपर्नेमा जोड दिइएको बताए।

उनका अनुसार दुई दलबीच आगामी दिनमा थप बलियो गठबन्धन गरेर अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको छ।

नेता महतोले नेपाली भूभागलाई तथ्य र प्रमाणका आधारमा वार्ताका माध्यमबाट नेपालमै ल्याउनुपर्ने बताए।

छलफलमा कांग्रेस सभापति देउवा, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतोलगायत सहभागी थिए।

प्रकाशित: May 23, 2020| 19:50 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।