आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसी लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक

एमसीसी लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक

सत्तारुढ नेकपा सचिवालयको बैठक बालुवाटारमा बसेको छ ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं-  सत्तारुढ नेकपा सचिवालयको बैठक बालुवाटारमा बसेको छ ।

संविधान संशोधनको गृहकार्य, एमसीसी, नेपालले नयाँ नक्सा जारी गरेपछिको राजनीतिक परिस्थिति, जस्ता एजेन्डामा छलफल गर्न भन्दै बैठक बसेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अनौपचारिक भएको जानकारी दिएका छन्।

१५ जेठमा आउने आगामी वर्षको बजेट तयारीका सम्बन्धमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए।

नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसद्‌मा सम्बोधन गर्दा एमसीसी पारित गर्ने/नगर्ने संसद्को जिम्मा भएको बताएका थिए ।

संसद्‌मा नीति तथा कार्यक्रमको २११ नं. बुँदा लप्सिफेदी–रातमाटे–हेटौँडा, लप्सिफेदी–रातमाटे–दमौली–बुटवलको ट्रान्समिसन लाइन बनाउने विषयलाई एमसीसी पछाडिको ढोकाबाट ल्याउन खोजेको भन्दै नेकपामा विरोध भएको छ ।

पार्टीको अध्ययन कार्यदलले यथास्थितिमा एमसीसी संसद्‌बाट अनुमोदन गर्न नहुने बताएको छ । तर, प्रधानमन्त्री ओली जतिसक्दो चाँडो एमसीसी संसद्‍बाट अनुमोदनको पक्षमा छन्।

बालुवाटारमै बसेेको भए पनि आजको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्।

प्रकाशित: May 23, 2020| 19:28 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।