आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ :  जोखिम क्षेत्र वर्गीकरण गरेर परीक्षण तीव्र बनाइँदै

प्रदेश १ :  जोखिम क्षेत्र वर्गीकरण गरेर परीक्षण तीव्र बनाइँदै

मुख्यमन्त्री राईले स्वीकृत कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुलाइ उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको बताए।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

इटहरी- प्रदेश १ ले चालीस हजार बढीको पीसीआर परीक्षण गर्ने भएको छ। सीमाववर्ती बिहार, पश्चिम बंगाल तथा सिक्किम हुँदै प्रदेश १ मा फर्कने नेपाली तथा अन्य स्थानीय संक्रमितलाई लक्षित गरेर मेगा टेस्ट अभियान सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री शेरधन राई नेतृत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको प्रादेशिक समिति बैठकले कोभिड–१९ परीक्षण कार्ययोजना स्वीकृत भएको हो। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दैनिक १ हजारको दरले परीक्षण तयारी भएको जानकारी दिए। उनले भने, ‘हामी युद्ध स्तरमा परीक्षण काम अगाडि बढाँउदै छौंं।’

मुख्यमन्त्री राईले स्वीकृत कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुलाइ उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको बताए।

उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो।

शक्रबारसम्म प्रदेश १ मा चार हजार एक सय बढीको पीसीआर परीक्षण भइसकेको छ।

कोभिड-१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत वृद्धि गरिने भएको छ। यसका लागि कोसी कोभिड अस्पतालमा १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २ सय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिनेछ।

यसैबीच प्रदेश सरकारले भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्न संयुक्त कार्ययोजनासमेत स्वीकृत गरेको छ। स्वीकृत कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ एरिया पहिचान गरी निर्माणसमेत थालिएको छ।

होल्डिङ एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ। इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरीमा ४ हजार बेड तयार हुँदै छन्।

प्रकाशित: May 23, 2020| 17:20 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।