आइतबार, भदौ ७, २०८३

सामाजिक सुरक्षा भत्ता नरोक : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले साठी वर्षमुनिका एकल महिला तथा नीलो परिचयपत्र प्राप्त गरेका अति अशक्त अपांगा भएका व्यक्तिहरुले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसँग आग्रह गरेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले साठी वर्षमुनिका एकल महिला तथा नीलो परिचयपत्र प्राप्त गरेका अति अशक्त अपांगा भएका व्यक्तिहरुले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसँग आग्रह गरेको छ।

सरकारबाट साठी वर्षमुनिका एकल महिला तथा नीलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो।

आयोगले भनेको छ, 'हालको विषम परिस्थितिमा सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रमहरु घोषणा भै कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तासमेतबाट विमुख गराउँदा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने जीवनको अधिकारमा बाधा उत्पन्न हुनुका साथै नेपालको संविधानको धारा ४३ मा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हकसमेतको प्रतिकूल हुन जाने देखिन्छ।'

आयोगले लकडाउनका कारण अपांगता भएका व्यक्तिहरुलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएका व्यक्तिलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भएको जनाएको छ।

आयोगको विज्ञप्तिमा भनिएको छ, 'अपांगताता भएका व्यक्तिहरुका लागि औषधि तथा स्वास्थ्य र शारीरिक उपकरणहरुको उपलब्धताको सुनिश्चिता गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ।'

प्रकाशित: May 23, 2020| 12:55 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।