आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री अर्यालद्वारा अध्यक्ष दाहाललाई अध्यावधिक नक्सा हस्तान्तरण

मन्त्री अर्यालद्वारा अध्यक्ष दाहाललाई अध्यावधिक नक्सा हस्तान्तरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन्।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन्। मन्त्री अर्यालले शनिबार बिहान दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्।

सो अवसरमा अध्यक्ष दाहालले नक्सा तयार पार्र्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका थिए। मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पारेकी थिइन्।

मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायत पनि दाहाल निवास पुगेका थिए।

प्रकाशित: May 23, 2020| 11:15 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।