आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालले पाउनैपर्छ : निधि

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालले पाउनैपर्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू–भाग रहेको भन्दै नेपालले नै प्राप्त गर्नुपर्ने बताएका छन् ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू–भाग रहेको भन्दै नेपालले नै प्राप्त गर्नुपर्ने बताएका छन् ।

अहिले नेपालका ती भू–भागको विषयमा भारतसँग देखिएको विवाद सरकारले राजनीतिक र कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने उपसभापति निधिले उल्लेख गरेका छन् ।

‘कृष्णप्रसाद भट्टराईदेखि शेरबहादुर देउवासम्म कांग्रेसको सबै नेतृत्वले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालले फिर्ता पाउनुपर्ने ‘स्ट्याण्ड’ लिएका छन्,’ नेपाल समयसँग शनिबार कुरा गर्दै निधिले भने, ‘हाम्रो अडान त्यही नै हो, कूटनीतिक तरिकाले सरकारले समस्या समाधान गर्नुपर्छ ।’

भारतले एकपक्षीय रुपमा लिपुलेक सडक निर्माण गर्नु आपत्तिजनक रहेको उनले बताए।

केही वर्षअघि भारत र चीनले लिपुलेकबाट व्यावसायिक मार्ग खोल्ने सहमति गर्दा कांग्रेसको तत्कालीन सभापति सुशील कोइरालाले विरोध गरे पनि त्यसपछि आएको केपी ओली नेतृत्वको सरकार मौन बस्दा अहिले यस्तो परिणाम आएको निधिले बताए ।

नेकपा नेतृत्वको सरकारले राष्ट्रवाद र राष्ट्रियताको नाउँमा विगतमा मञ्चन गर्दै आइरहेको नाटकलाई अहिले पनि निरन्तरता दिन खोजेको निधिले बताए ।

‘सरकार समस्याको तहसम्म पुग्न चाहेको छैन । समस्याको तहसम्म नपुगेर हलुका किसिमले अभिव्यक्ति दिने काममात्र सरकारले गरेको छ,’ निधिले भने,‘प्रधानमन्त्रीले छिमेकी राष्ट्रको प्रतिकका विषयमा संसदीय मर्यादा र अभ्यासविपरित टिप्पणी गर्दा अनावश्यक विवाद र जटिलताहरु थपिएको छ ।’

दक्षिण र उत्तरतर्फका दुबै छिमेकीसँग नेपालको सुमधुर सम्बन्ध कायम गर्न सरकारले तत्काल कूटनीतिक पहल थाल्नुपर्ने उनले बताए । सारा विश्व अहिले कोरोनाविरुद्ध लडिरहेको बेला कुनैपनि मुलुकले यस्तो विवाद झिक्नु अर्थपूर्ण नरहेको उनले स्पष्ट पारेका छन् ।

प्रकाशित: May 23, 2020| 11:10 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।