आइतबार, भदौ ७, २०८३

कर्णालीमा भारतबाट आएका थप दुई जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा भारतबाट आएका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

कर्णाली प्रदेशमा भारतबाट आएका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यद्यपी उनीहरुको अन्तिम परीक्षणका लागि नमुना नेपालगञ्ज पठाइएको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएकामध्ये एक पुरुष र एक महिला हुन्। त्यस्तै थप एक जनाको पीसीआर रिपोर्ट भने शंकास्पद देखिएको छ। उनको पनि पुनः परीक्षणका लागि नमूना नेपालगञ्ज पठाइएको छ ।

रिपोर्ट पोजेटिभ आएका २, एक जना शंकास्पद, संक्रमित महिलाका श्रीमान् र चार वर्षे बालकलाई गरी चार जनालाई शुक्रबार राति नै प्रदेश अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। उनीहरु बिहीबारमात्रै भारतबाट नेपाल आएका थिए। प्रदेशको मुख्य प्रवेशद्वार भेरीबबइमा आरडीटी टेस्ट गर्दा संक्रमितसहित १५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

शुक्रबार नै दैलेखका कोरोना संक्रमितलाई पनि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । यो सँगै प्रदेश अस्पतालको ५ जना आइसोलेन कक्षमा भर्ना भएका छन् ।

प्रकाशित: May 23, 2020| 10:20 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।