आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाहीको गोडैतामा दुई दिनमा २५ जनामा संक्रमण पुष्टि

सर्लाहीको गोडैतामा दुई दिनमा २५ जनामा संक्रमण पुष्टि

सर्लाहीको गोडैता नगरपालिकामा दुई दिनमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

जनकपुरधाम- सर्लाहीको गोडैता नगरपालिकामा दुई दिनमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार थप १२ जना नयाँ संक्रमित फेला परेसँगै गोडैता नगरपालिकामा दुई दिनभित्र यो संख्या २५ पुगेको हो।

यसअघि शुक्रबार त्यहाँ १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गोडैता नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार शनिबार संक्रमण पुष्टि भएकाहरु भारतको विभिन्न स्थानबाट आएका हुन्। संक्रमित सबै भारतबाट फर्केलगत्तै प्रमुख जिल्ला अधिकारी जिसीले बताए।

उनले सर्लाहीकै कविलासी नगरपालिकाका एक पुरुषलाई संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार ती पुरुष अहिले काठमाडौंमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि गरेको थियो।

प्रकाशित: May 23, 2020| 09:49 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।