आइतबार, भदौ ७, २०८३

थप ३२ जनामा कोरोना संक्रमण

नयाँ ३२ सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं– शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

नयाँ ३२ सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

थपिएका संक्रमितमध्ये दुई महिला र ३० पुरूष छन्।

३२ जनामध्ये कपिलवस्तु र रूपन्देहीमा ८/८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये ७० जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।

शुक्रबार एकैपटक बाँकेका २१ जना डिस्चार्ज भएका थिए।

 

प्रकाशित: May 23, 2020| 09:01 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।