आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुका कोरोना संक्रमित सञ्चारकर्मी आइसोलेशनमा

कपिलवस्तुका कोरोना संक्रमित सञ्चारकर्मी आइसोलेशनमा

कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आइसोलेशुनमा लगिएको छ ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आइसोलेशुनमा लगिएको छ ।

वाणगङ्गा नगरपालिकाका एक सञ्चारकर्मीलाई राति करीब ८ः३० मा एम्बुलेन्समा राखी जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा लगिएको छ ।

सङ्क्रमितसँग सम्पर्कमा आएकाको छिट्टै कोरोना परीक्षण गरिने भएको छ । एक सञ्चारकर्मीको सम्पर्कमा रहेका भनिएका बुद्ध आवाज सञ्चारगृहसँग सम्बन्धित आठ पत्रकार आज नै सेल्फ क्वारेन्टिनमा बसिसकेका छन्। सङ्क्रमित दुई सञ्चारकर्मीलाई स्वास्थ्यकर्मीको निगरानीमा रााखिएको छ । उनीहरु दुवैको स्वास्थ्यावस्था सामान्य छ ।

बाणगंगा नगरपालिकाले आवश्यक पूर्वतयारी नगर्दा ढिलाइ भएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए।

रासस

प्रकाशित: May 23, 2020| 06:36 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।