आइतबार, भदौ ७, २०८३

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्यो

भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेल स्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ । बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

टिकट बुकिङ मात्रै नभएर यसअघि बुकिङ गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ छ ।

यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच भइरहेको छ । लामो समयपछि किनबेच खुल्ला गरिएकाले किनबेच गर्नेहरुको चाप अत्यधिक रहेको किनबेचमा सम्लग्न कर्मचारीहरुले जनाएका छन् ।

रासस

प्रकाशित: May 23, 2020| 06:25 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।