आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक अनियमितता गर्ने महासेनानीसहित ५ सैनिकलाई कैद र जरिवानाको फैसला

आर्थिक अनियमितता गर्ने महासेनानीसहित ५ सैनिकलाई कैद र जरिवानाको फैसला

आर्थिक अनियमितता गर्ने नेपाली सेनाका एक महासेनानीसहित पाँच सैनिकलाई सैनिक अदालतले कारबाहीको फैसला गरेको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं– आर्थिक अनियमितता गर्ने नेपाली सेनाका एक महासेनानीसहित पाँच सैनिकलाई सैनिक अदालतले कारबाहीको फैसला गरेको छ।

महासेनानी भुपालमान अधिकारीसहित पाँच सैनिकलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाएको हो।

सेनाको शुक्रबार बसेको समरी जनरल सैनिक अदालतले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत हुँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा अधिकारीसहित प्रमुख सेनानी देवबहादुर क्षेत्री र हुद्धा यज्ञराज पोखरेललाई कारबाहीको फैसला सुनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सोही कसूरमा हुद्धा गणेशबहादुर अधिकारी र सहसेनानी सुरेन्द्रविक्रम भण्डारीसमेतलाई कारबाहीको फैसला भएको छ।

सोही मुद्धामा अन्य १३ जनाले अभियोग माग दाबीबाट सफाइ पाउने गरी फैसला भएको छ।

महासेनानी अधिकारीले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरेकाले विगो रकम एक करोड ८५ लाख ४० हजार रूपैयाँ असुल गर्ने निर्णय भएको छ। उनलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी सेवाबाट हटाउने फैसला भएको छ।

त्यस्तै प्रमुख सेनानी क्षेत्रीको दुई वर्ष बढुवा रोक्ने र चार लाख ४० हजार जरिवानाको फैसला भएको छ।

हुद्धा पोखरेललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनुका साथै तीन लाख ६० हजार जरिवाना तिराइएको छ।

अर्का हुद्धा अधिकारीको दुई वर्ष ग्रेड रोक्का गर्ने र १० हजार जरिवानाको फैसला भएको सेनाले जनाएको छ।

त्यसैगरी सहसेनानी भण्डारीले आर्थिक कारोबार गर्दा कानुनी प्रक्रिया पुरा नगरेकोमा दोषी ठहरीएकोले नसिहत दिने फैसला भएको छ।

 

प्रकाशित: May 22, 2020| 21:53 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।