आइतबार, भदौ ७, २०८३

संविधान सशोधन विधेयक संसद् सचिवालयमा दर्ता

नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई उक्त निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो । उक्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे संसद् सचिवालयमा गएर दर्ता गराएकी हुन्।

विधेयकको उद्देश्य र कारणमा भनिएको छ, “निशानछापभित्र अङ्कित नेपालको नक्सालाई वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि संशोधन विधेयक पेश गरिएको छ ।”

भारतबाट अतिक्रमित नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भू–भाग समेटेर सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी प्रकाशन गरेको थियो । दर्ता भएको उक्त संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ ।

त्यसपछि जनताको जानकारीका लागि प्रकाशित गरिने छ । सभामा सामान्य छलफलपछि उक्त विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न समय प्रदान हुनेछ । विधेयकमाथि संशोधन प्राप्त भएमा छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित उक्त विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ ।

उक्त प्रक्रिया राष्ट्रियसभामा पनि सैद्धान्तिक छलफलबाट दोहोरिने संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। विधेयकमाथि कुनै सशोधन प्रस्ताव परेन र सर्वसम्मत भएको खण्डमा छोटो प्रक्रिया र विधिबाट विधेयकलाई अझै छिटो समयमा पारित गर्न सकिने छ ।

विधेयक दुई तिहाइ आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विधेयक पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ । निशान छाप आवश्यकताअनुसार ठूलो वा सानो आकारको बनाउन सकिने छ । त्यसमा नेपाल सरकारका तर्फबाट निर्धारित रङ्गको प्रयोग हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ ।
रासस

प्रकाशित: May 22, 2020| 19:16 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।