आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश

भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा भनिएको छ, “हालसम्म आवश्यक सेवाको सूचीमा भेटेरीनरी सेवालाई समावेश गरेको नेदेखिएकाले बन्दाबन्दीको समयमा पनि पशुस्वास्थ्य प्रयोगशालाको सञ्चालनका लागि भेटेरीनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न आश्यक व्यवस्था मिलाउनु ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गृह मन्त्रालयमा पत्र पठाइसकेको भएता पनि हालसम्म भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा नराखेको हुँदा राख्नका लागि आदेशमा भनिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीका समयमा भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न माग गर्दै नेपाल भेटेरीनरी एशोसिएशनका तर्फबाट अध्यक्ष डा शितलकाजी श्रेष्ठले गत वैशाख २८ गते रिट निवेदन दायर गरेका थिए। सो निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै पशुलाई पनि बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न आदेश जारी गरेको हो ।

रिट निवेदनमा पशुले रोग र पीडाबाट पाउनुपर्ने मुक्तिको सुनिश्चितता पनि लकडाउनको अवस्थामा गर्न नसकिएको र पौष्टिक भोजन तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि पशुपालन व्यवसायलाई हेर्नुपर्ने कानूनी दायित्व पालना हुन नसक्ने उल्लेख थियो ।

रासस

प्रकाशित: May 22, 2020| 19:13 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।