आइतबार, भदौ ७, २०८३

सिरहामा राहत वितरणको विषयमा विवाद हुँदा झडप

सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा राहत वितरणको विषयमा विवाद भएर झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा राहत वितरणको विषयमा विवाद भएर झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्।

वडाध्यक्षले राहत वितरणमा पक्षपात गरेको भन्दै वडा कार्यालयका पुगेको एक समूहमाथि अर्को समूहले आक्रमण गर्दा झडप भएको प्रहरीले जनाएको छ।

सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार वडाध्यक्ष पक्षधर र राहत नपाउने पक्षबीच झडप भएको हो । ‘वडा कार्यालयले राहत वितरणका लागि ७ सय ४१ जनाको विवरण संकलन गरे पनि ५ सय १७ लाई मात्र वितरण गरेपछि राहत नपाउने पक्ष वडा कार्यालयमा आएको थियो,’ चतुर्वेदीले भने, ‘त्यही क्रममा विवाद हुँदा अर्को पक्ष आएपछि दोहोरो झडप भएको हो।’

झडपमा परी घाइते भएका मध्ये बढी चोट लागेका ५५ वर्षीय अख्तर मण्डलसहित चार जनालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। झडपका क्रममा चिर्पट, इँट्टासमेत प्रहार भएको पाइएको प्रहरीले जनाएको छ।

उक्त वडाका अध्यक्ष अशोक साहले तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका हुन्। नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीय राहत वितरणको विषयमा छलफल गर्न वडा कार्यालय पुगेका बेला वडाध्यक्षसँग भनाभनपछि विवादले उग्र रुप लिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: May 22, 2020| 19:00 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।