आइतबार, भदौ ७, २०८३

‘लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान गरौं’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारको घट्दो लोकप्रियताबाट जनताको ध्यान अन्यत्र तान्न सरकारले लिपुलेक विवाद झिकेको दाबी गरेका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

जनकपुरधाम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारको घट्दो लोकप्रियताबाट जनताको ध्यान अन्यत्र तान्न सरकारले लिपुलेक विवाद झिकेको दाबी गरेका छन्।

मुलुक कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेका बेला संक्रमण रोक्नका साथै आमनागरिकको हितमा केही गर्न नसकेपछि सरकारले मुख्य विषयलाई दिशान्तर गर्न अहिलेको विवाद झिकेको उनको भनाइ छ।

अहिले दुई देशबीच देखिएको भूमिसम्बन्धी विवाद कूटनीतिक तरिकाले समाधान गर्न सरकारले पहल गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहेका नेता यादवले बताए।

‘अहिले मुलुक कोरोनासँग लडिरहेको छ, लकडाउन लम्बिँदै जाँदा गरिब विपन्नलाई दुई छाक टार्न समस्या परेको छ,’ नेपाल समयसँग कुरा गर्दै नेता यादवले भने, ‘सरकारले यसतर्फ ध्यान दिएको छैन्, जनतामाझ अलोकप्रिय हुँदै गएपछि जनताको ध्यान अन्यत्र मोड्न यस्तो बखेडा झिकेको छ।’

दुई देशबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको भन्दै उनले कसैले चाहेरपनि यसलाई बिगार्न नसक्ने उनको दाबी छ।

‘दुई देशका नागरिक–नागरिकबीच सम्बन्ध छ, पछिल्लो समय भूमि विवादका कारण कूटनीतिक सम्बन्ध बिग्रेजस्तो देखिन्छ,’ उनले भने, ‘दुवै देशको सरकारले कूटनीतिक पहलबाटै समस्या सल्टाउनु उपयुक्त हुन्छ।

प्रकाशित: May 22, 2020| 18:15 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।