आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन

सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन

संघीय संसदको महिला तथा सामाजिक समितिले सामाजिक सुरक्षा भत्ता यथावत् राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

संघीय संसदको महिला तथा सामाजिक समितिले सामाजिक सुरक्षा भत्ता यथावत् राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको ५० औं बैठकले कोभिड–१९ को महामारीका बेला झन् सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन आवश्यक रहने देखिएको भन्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता काटिने चर्चा चलिरहेका बेला समितिले गृह मन्त्रालयका नाममा सो निर्देशन दिएको हो ।

त्यस्तै समितिले नेपालको संविधान अनुरुप आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, एकल महिला, अपांगता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चिततामा भिन्नता देखिएको भनेर समितिमा गुनासो आएको भन्दै ती समुदायलाई लक्षित कामहरुको विवरण समितिमा पेश गर्न पनि सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले लैंगिक उत्तरदायी बजेट निर्माण गर्नका लागि पनि समन्वयात्मक भूमिका निर्वाह गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रायलाई निर्देशन दिएको छ ।

बैठकले अल्पविकसित राज्यको सर्वांगीण विकासको आधार नै लैंगिक उत्तरदायी बजेट आवश्यक भएकोले आगामी आर्थिक वर्षको लागि त्यस्तो बजेट निर्माण गर्न अर्थ मन्त्रालयलाई निर्देशन छ ।

 

प्रकाशित: May 22, 2020| 17:27 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।