आइतबार, भदौ ७, २०८३

बैतडीमा थुनुवालाई कोरोना पुष्टि भएपछि जिप्रका सिल

बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका शिवनाथ–१ का २२ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएपछि प्रहरीमा त्रास फैलिएको छ।

प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले पाँच जना थुनुवामध्ये एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि सबै प्रहरीमा त्रास फैलिएको बताए।

‘जिप्रकासहित ३ वटा प्रहरी कार्यालयको सम्पर्कमा रहेका थुनावामा कोरोना संक्रमण पुष्टि भएपछि सबैमा त्रास फैलिएको छ’ पाण्डेले भने, ‘उनको सम्पर्कमा करिव डेढ सय बढी प्रहरी छन्।’

पाण्डेका अनुसार संक्रमित युवकलाई बैशाख १५ गते पक्राउ गरिएको थियो। त्यसक्रममा ३–४ घण्टा इलाका प्रहरी कार्यालय मेलौलीमा राखिएको थियो भने इलाका प्रहरी कार्यालय पाटनमा एक रात राखिएको थियो।

तीनवटै प्रहरी कार्यालयमा कार्यरत करिव डेढ सय प्रहरी जोखिममा रहेको पाण्डेले बताए। ‘केरकारका क्रममा मैले नै कति पटक ति युवकलाई छोएको छु’ पाण्डेले भने, ‘सबैको अनिवार्य परीक्षण गर्नुपर्छ।’

संक्रमित युवा चैत्र ६ गते भारतबाट नेपाल आएका हुन्। उनकी पत्नीको खोलामा शव भेटिएपछि हत्याको आरोपमा उनी पक्राउ परेका हुन्।

सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षणका क्रममा ती युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 22, 2020| 16:43 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।