आइतबार, भदौ ७, २०८३

कोरोना अपडेट : कुल संक्रमित ५०७

आज शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

नेपालमा कोरोना भाइरसका २० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कैलालीका ३ जना पुरुष, डडेलधुराका १ पुरुष, बैतडीका १ पुरुष, मोरङका १ जना पुरुष र बाँकेका १४ जना पुरुष गरी २० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ५१ जना, बागमतीमा २८ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा २ सय २७ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १० जना संक्रमित भएका छन्। हालसम्म ४० जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

आजै बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै उपचारपश्चात् निको भएर घर फर्कनेको संख्या ७० पुगेको छ ।

हालसम्म ४२ हजार ४ सय ८८ नमुनाको पिसिआर विधिबाट परीक्षण भएको छ। आजको दिनमा २७ हजार ८ सय २९ जना क्वारेन्टिनमा छन् ।

आज शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्।

 

प्रकाशित: May 22, 2020| 16:35 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।