बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुमारी ट्रस्टले दियो कर्णालीलाई भेन्टिलेटरसहित एक करोडको स्वास्थ्य सामग्री

कुमारी ट्रस्टले दियो कर्णालीलाई भेन्टिलेटरसहित एक करोडको स्वास्थ्य सामग्री

कुमारी ट्रस्टका अध्यक्ष एवम् कांग्रेस नेता राजीवविक्रम शाहले कर्णाली प्रदेशमा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

देव राना

देव राना

शुक्रबार, जेठ ९, २०७७

सुर्खेत-  कुमारी ट्रस्टले कर्णाली प्रदेशमा एक करोड बराबरको स्वास्थ्य सामग्री दिएको छ ।

National life

ट्रस्टले प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटरसहित  ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ भने बाँकी ८ वटा जिल्ला अस्पतालमा ३० लाख बराबरको उपकरण सहयोग गरेको हो।

ट्रस्टका अध्यक्ष तथा कांग्रेस नेता राजीवविक्रम शाहले शुक्रबार प्रदेश अस्पताललाई एउटा भेन्टिलेटरसहित पाँचवटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटर लगायत अत्यावश्यक सामग्री दिएका छन्।

त्यस्तै कालिकोट, दैलेख, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम र सल्यानका जिल्ला अस्पतालका लागि ३० लाख बराबरको प्यासेन्ट मनिटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका सामग्रीसमेत हस्तानन्तरण गरेका हुन्।

कोरोना भाइरस प्रतिकार्यमा सहयोगका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ट्रस्टका अध्यक्ष शाहले जानकारी दिए।

Shivam cement

प्रकाशित: May 22, 2020| 16:30 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।