आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ नक्सा तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनाैं : सरकारका प्रवक्ता

नयाँ नक्सा तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनाैं : सरकारका प्रवक्ता

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने भएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने भएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सर्वप्रथम नयाँ नक्साबारे छिमेकी भारतसँग वार्ता गरेर विवाद समाधान गरिपछि मात्र अन्तर्राष्ट्रियकरण गर्न सकिने बताए।

उनले भने, 'अहिले हामीले नेपालको वास्तविक अन्तर्राष्ट्रिय सीमासमेतको नक्सा जारी गरेका छौं। अब छिमेकी मुलुकहरुसँगका विवाद  कूटनीतिक प्रयासमा द्विपक्षीय वार्ताका माध्यमबाट समाधान गर्नेर्छौं। त्यसलाई अहिले अन्तर्राष्ट्रिकरण गर्ने सोचेका छैनौं।'

उनले सबुद र प्रमाणका आधारमा मित्रराष्ट्रसँग संवाद गरेर हाम्रा ती भूमि स्वतः नेपालको हो भन्ने स्वीकर गर्ने स्थितिमा पुर्याउन सरकारको प्रयास रहने बताए।

उनले भने, 'त्यसपछि मात्र अरु कुरा के गर्ने भन्ने हुन्छ। अहिले जमिनको बारेमा छिमेकी मुलुकसँग संवाद गर्ने र सोहीअनुसार अघि बढ्ने सरकारको निर्णय हो।' 

प्रकाशित: May 22, 2020| 15:45 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।