आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु भएका शिक्षकको शव ३१ घण्टापछि व्यवस्थापन गरिँदै

कोरोनाबाट मृत्यु भएका शिक्षकको शव ३१ घण्टापछि व्यवस्थापन गरिँदै

कोरोना भाइरसको संक्रमणबाट हिजो (बिहीबार) बिहान मृत्यु भएका गुल्मीका ४१ वर्षीय शिक्षकको शव आज बल्ल उठाइएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

कोरोना भाइरसको संक्रमणबाट हिजो (बिहीबार) बिहान मृत्यु भएका गुल्मीका ४१ वर्षीय शिक्षकको शव आज बल्ल उठाइएको छ।

मृत घोषणा भएको करिब ३१ घण्टापछि शव व्यवस्थापन गर्न लागिएको हो।

गुल्मीको मदाने गाउँपालिका स्थायी घर भएका कोरोना संक्रमितको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारकै क्रममा ज्यान गएको थियो।

मृतकको शव व्यवस्थापन नेपाल सरकारको मापदण्डअनुसार हुने प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमशंकर प्रसाद चौधरीले बताए।

नेपाली सेनाले शव व्वस्थापन गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेवपन्थले बताए। उनले भने पहिलो केस भएकोले तयारी गर्दा ढिलो भएको हो ।

जेठ १ गते उपचारका लागि अस्पतालमा आएका उनको हिजो बिहान ७ बजे र १० मिनेटमा मृत्यु भएको घोषणा अस्पतालले गरेको थियो। तर, मृतकका आफन्तले उपचारमा लापरबाहीले मृत्यु भएको भन्दै शव व्यवस्थापनमा सहमति नदिएका कारण शव अस्पतालको आईसीयूमै थियो।

स्थानीय प्रशासनले तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ मा रहेको शंंकरनगर सामुुदायिक वन क्षेत्रमा मृतकको शव व्यवस्थापन गर्ने निर्णय गरेको छ।

प्रकाशित: May 22, 2020| 15:30 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।