आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरस : बंगलादेशी कम्पनीले बनायो रेमडेसिवियरको जेनेरिक संस्करण

कोरोना भाइरस : बंगलादेशी कम्पनीले बनायो रेमडेसिवियरको जेनेरिक संस्करण

बंगलादेशको औषधि उत्पादक कम्पनी बेक्सिम्कोले एन्टिभाइरल औषधि रेमडेसिवियरको एउटा जेनेरिक संस्करण तयार गरेको छ। उक्त औषधिको जेनेरिक संस्करण उत्पादन गर्ने यो विश्वकै पहिलो कम्पनी हो।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

बंगलादेशको औषधि उत्पादक कम्पनी बेक्सिम्कोले एन्टिभाइरल औषधि रेमडेसिवियरको एउटा जेनेरिक संस्करण तयार गरेको छ।

उक्त औषधिको जेनेरिक संस्करण उत्पादन गर्ने यो विश्वकै पहिलो कम्पनी हो।

रेमडेसिवियरको मूल रुप भने अमेरिकाको गिलिड साइन्सेज नामक कम्पनीले तयार गरेको हो, जुन इबोला भाइरसको उपचारका लागि प्रयोग गरिएको थियो।

हालै अमेरिकामा भएको एक अध्ययनमा रेमडेसिवियरले कोरोना भाइरसका गम्भीर बिरामीको रिकभरी समय कम गर्न मद्दत पुगेको पाइएको थियो। यद्यपि, यो औषधिका कारण मानिसलाई जिवित राख्न भने उल्लेख्य सफलता मिलेको छैन।

विशेषज्ञहरुले रेमडेसिवियरलाई कोरोना भाइरसको लागि ‘जादूको क्याप्सुल’को रुपमा नलिन पनि चेतावनी दिइरहेका छन्।

यद्यपि, कोरोनाको कुनै औषधि वा भ्याक्सिन बन्न नसकिरहेको अवस्थामा कैयौं देश यो औषधि परीक्षण गर्न इच्छुक छन्।

बेक्सिम्कोको यो उपलब्धिबाट दक्षिण एसियाली मुलुकमा यो औषधि तत्काल आपूर्ति हुन सक्ने निश्चित भने भएको छ। औषधि उत्पादनका लागि बेक्सिम्कोले भारत तथा पाकिस्तानमा साझेदारसमेत खोजिरहेको बताइएको छ।

बीबीसी

 

प्रकाशित: May 22, 2020| 14:45 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।