आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १३ जिल्लाका ७० जनाले जिते कोरोना, एकै दिन २१ जना डिस्चार्ज (भिडियाेसहित)

१३ जिल्लाका ७० जनाले जिते कोरोना, एकै दिन २१ जना डिस्चार्ज (भिडियाेसहित)

कोरोना भाइरस संक्रमण भएका विभिन्न १३ जिल्लाका ७० जना अस्पतालबाट घर फर्किएका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण भएका विभिन्न १३ जिल्लाका ७० जना अस्पतालबाट घर फर्किएका छन्।

शुक्रबार एकै पटक बाँकेमा २१ जना कोरोना मुक्त भएका हुन् भने बिहीबारसम्म ४९ जनाको निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निको भएर घर फर्किएकामा कञ्चनपुरका १ र कैलालीका ४ जना छन्। यी पाँच जनालाई निको भएपछि कञ्चनपुर र कैलीलीमा कोरोना भाइरस देखिएको छैन।

यस्तै संक्रमित २ जना निको भएपछि बाग्लुङमा पनि थप संक्रमण देखिएको छैन। रुपन्देहीका १, चितवनका २ र पर्साका ३ जनाले कोरोना भाइरस जितेका छन्।

संक्रमित भएर निको भएका अन्यमा रौतहटका १, उदयपुरका २३ र काठमाडौंका ७ जना छन्।

भक्तपुरका २, भोजपुरका १ र झापाका २ जनाले पनि कोरोना जितेका छन्। भोजपुरमा पनि एकजनालाई निको भएपछि अरुलाई संक्रमण देखिएको छैन।

 

प्रकाशित: May 22, 2020| 14:00 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।