आइतबार, भदौ ७, २०८३

नक्कली डीएसपी बनेर ठगी गर्ने पक्राउ

स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–३ बालाजुका ४५ वर्षीय राजकुमार चापागाईंलाई स्वास्थ्य मन्त्रालयको नक्कली नियुक्तिपत्र र परिचयपत्रसहित प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–३ बालाजुका ४५ वर्षीय राजकुमार चापागाईंलाई स्वास्थ्य मन्त्रालयको नक्कली नियुक्तिपत्र र परिचयपत्रसहित प्रहरीले पक्राउ गरेको हो।

चापागाईंले विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भन्दै खरिदार पदको नक्कली परिचयपत्र समेत देखाउँदै एक लाख ८५ हजार रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै एक व्यक्तिसँग एक लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा महानगरीय अपराध महाशाखा टेकुको टोलीले चापागाईलाई पेप्सीकोलाबाट पक्राउ गरेको एसपी ईश्वर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार चापागाईंको ठगी धन्दा यति मात्रै छैन। विभिन्न उच्चपदस्थ व्यक्तिको पिए भन्दै कारागार तथा जिल्ला प्रशासन कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको समेत खुलेको छ।

‘आफूलाई प्रहरीको उच्च अधिकृत हुँ भनी विभिन्न व्यक्तिहरुलाई धम्क्याउने गरेकोसमेत खुलेको छ,’ कार्कीले भने, ‘उनको साथबाट राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) को नक्कली परिचय पत्रसमेत फेला परेको छ।’

यस्तै खरिदार पदको नक्कली परिचय पत्र २ थान, बा ९० प ९५५५ नम्बरको स्कुटर, मोबाइल १ थान, सिमकार्ड ३ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साइजको फोटो १० थान र नगद १ लाख २० हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

चापाागाईले खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी एक महिलालाई जागिर लगाइदिन्छु भनी पटकपटक गरी २ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।

सैनिक विद्यालयमा बच्चा भर्ना गराइदिन्छु भनी प्रलोभन देखाउने, विभिन्न व्यक्तिहरुसँग सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी रकम ठग्ने गरेको समेत खुलेको छ।

चापागाईले यस अघि ठगीको अभियोगमा चार वर्ष कैद सजाय भोगेको खुलेको महाशाखाले जनाएको छ। उनले २०७२ असार २४ गते दुई जना व्यक्तिबाट चार लाख रुपैयाँ ठगी गरेको कसूरमा नख्खु कारागारमा चार बर्ष कैद भुक्तान गरेको कार्कीले जानकारी दिए।

जेलरलाई पनि छोडेनन्

चार वर्ष जेल बसेर निस्किएपछि पनि उनको ठगी भन्दा रोकिनुको साटो झन बढ्यो। बैशाख पहिलो साता केन्द्रीय कारागार, सुन्धाराका जेलरलाई साता फोन गरेर केही व्यक्ति छुटाउन सिफारिस गरे।

प्रजातन्त्र दिवसमा सरकारले निश्चित मापदण्ड पूरा गर्ने कैदीलाई थुनामुक्त गर्छ। त्यही मौकामा उनले जेलरलाई एनसेलको नम्बरबाट फोन गरे र आफूलाई एक मन्त्रीको पिएका रुपमा परिचित गराउँदै प्रजातन्त्र दिवसमा छोड्न लागिएका कैदीहरुको सूचीमा राख्न भन्दै केही नाम पनि सिफारिस गरे।

‘जेलरले पुनः त्यही नम्बरमा कल गर्दा स्वीच अफ भनेछ,’ कार्कीले भने, ‘उहाँलाई शंका लागेर प्रहरीलाई खबर गर्नुभयो।’ बुझ्दै जाँदा सिन्धुपाल्चोकका सीडीओलाई पनि त्यसैगरी ठगेको खुलेको कार्कीले बताए।

जेलमा बस्दा चिनजान भएकाहरुलाई आफू बाहिर निस्किएपछि छुटाउन मन्त्रीको पिए भएको बताएर जेलरलाई फोन गरेको खुलेको महानगरीय प्रहरी परिसरका एसपी होबिन्द्र बोगटीले बताए। चापागाईले लकडाउनको बेला अरुलाई पनि ठगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

महाशाखाले आवश्यक कारवाहीका लागि चापागाईलाई महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको छ।

प्रकाशित: May 22, 2020| 13:49 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।