आइतबार, भदौ ७, २०८३

कोरोना संक्रमणबाट आमा गुमाएका शिशु डिस्चार्ज

कोरोनाको कारण आमा गुमाएका सिन्धुपाल्चोकका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणका कारण आमा गुमाएका सिन्धुपाल्चोकका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनी र परिवारका अन्य सदस्य सबैको पीसीआर रिपोर्ट नेगिटेभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएकाे छ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरू थप एक हप्तासम्म जिल्लाकाे क्वारेन्टाइनमा बस्नुपर्नेछ। त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइनेछ।

केही दिनअघि जन्डिस देखिए पनि बालरोग विशेषज्ञको नियमित हेरचाहपछि उनी स्वस्थ भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

उनकी आमाको १ जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

 

प्रकाशित: May 22, 2020| 12:56 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।