आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरी सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ। सो अनुसार संविधानको अनुसूचीमा रहेको निशाना छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

प्रकाशित: May 22, 2020| 12:52 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।