आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित ४८७, कुन प्रदेश र जिल्लामा कति (विवरणसहित)

कोरोना संक्रमित ४८७, कुन प्रदेश र जिल्लामा कति (विवरणसहित)

शुक्रबार बिहानसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४८७ पुगेको छ। यीमध्ये ४९ जनालाई निको भएको छ भने ३ जनाको निधन भएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- शुक्रबार बिहानसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४८७ पुगेको छ। यीमध्ये ४९ जनालाई निको भएको छ भने ३ जनाको निधन भएको छ। भाइरस संक्रमण देशका ३८ जिल्लामा फैलिएकाे छ।

सबैभन्दा बढी प्रदेश ५ मा २१३ जना संक्रमित भएका छन्। त्यसमध्ये सबैभन्दा प्रभावित बाँके जिल्लामा १०१ जनालाई संक्रमण भएको छ। कोरोना भाइरसबाट निधन भएकामा २ जना प्रदेश ५ कै (१ जना बाँके र १ जना गुल्मी) छन्। प्रदेश ५ मा अहिलेसम्म १ जनालाई मात्र कोरोना भाइरस निको भएको छ।

दोस्रो बढी प्रभावित प्रदेश २ मा अहिलेसम्म १५० जना संक्रमित भएका छन्। तीमध्ये सबैभन्दा बढी प्रभावित जिल्ला पर्सामा ९१ जना संक्रमित भएका छन्। प्रदेश २ मा ४ जनालाई कोरोना भाइरस निको भएको छ ।

यसपछि प्रदेश १ मा ८४ जना संक्रमित भएका छन्। सबैभन्दा बढी झापामा ३५ जना संक्रमित छन्। प्रदेश १ बाट २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा २९ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट यो प्रदेशमा १ जनाको निधन भएको छ भने सबैभन्दा बढी १२ जना काठमाडौंमा संक्रमित छन्। बागमती प्रदेशमा ११ जनालाई कोरोना भाइरस निको भइसकेको छ। गण्डकी प्रदेशमा ५ जनामा संकमण देखा परेकाेमा २ जना डिस्चार्ज भइसकेका छन्। 

सुदूरपश्चिम प्रदेशमा ५ जनालाई कोरोना भाइरस संक्रमण भएकामा सबैजना उपचारपछि घर फर्किएका छन्। कर्णाली प्रदेशमा भने हालसम्म १ जनामा कोरोना भाइरस देखिएको छ।

कुन जिल्लामा कति संक्रमित 

प्रदेश १, ८४ जना संक्रमित
झापा : ३५
उदयपुर : ३३
खोटाङ : १
भोजपुर : १
सुनसरी : ३
धनकुटा : ७
मोरङ : ४

प्रदेश २, १५० जना संक्रमित

पर्सा : ९१ निको
बारा : ४
रौतहट : २२
सर्लाही : २०
महोत्तरी : ३
धनुषा : ८
सिरहा : १
सप्तरी : १

बागमती प्रदेश, २९ जना संक्रमित

चितवन : ५ 
मकवानपुर : २
काठमाडौ : १२
सिन्धुपाल्चोक : १ मृत्यु
काभ्रे : १
ललितपुर : १
भक्तपुर : ३ 
रामेछाप : १
सिन्धुली : १

धादिङ : २

गण्डकी प्रदेश, ५ जना संक्रमित

बाग्लुङ : २
नवलपरासी पूर्व : २
लम्जुङ : १

प्रदेश ५, २१३ जना संक्रमित

बर्दिया : २  
बाँके : १०१ (१ काे मृत्यु)
दाङ : ५
कपिलवस्तु :६९
गुल्मी : १ मृत्यु
रुपन्देही : २९ 
नवलपरासी पश्चिम : ६

कर्णाली प्रदेश, १ जना संक्रमित

दैलेख : १

सुदूरपश्चिम प्रदेश, ५ जना संक्रमित

कञ्चनपुर : १ 

कैलाली : ४ 

प्रकाशित: May 22, 2020| 12:05 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।