आइतबार, भदौ ७, २०८३

मिथिलामा ‘वट सावित्री’ पर्व मनाइँदै

मैथिल महिलाहरुले सौभाग्य, सन्तानको सुस्वास्थ्य एवम् पर्यावरण रक्षाको कामना सहित वट सावित्री पर्व मनाउँदै छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

जनकपुरधाम- मैथिल महिलाहरुले सौभाग्य, सन्तानको सुस्वास्थ्य एवम् पर्यावरण रक्षाको कामना सहित वट सावित्री पर्व मनाउँदै छन्।

जेठ महिनाको आमावस्या तिथिमा मनाइने यस पर्वमा विवाहित महिलाहरु ब्रत बसी बरुको रुखमा सामूहिक पूजाअर्चना गर्ने चलन छ।  तर, यसपटक कोरोना महामारीका कारण जिल्ला प्रहरी कार्यालयले यो पर्व घरभित्रै पूजाआजा गरी मनाउन अपिल गरेको छ।

जिल्ला प्रहरी कार्यालयको अपिलपछि महिलाहरुले घरभित्रै बरको हांगा ल्याएर पूजाअर्चना गरिरहेका छन्।

सामान्य अवस्थामा वट सावित्री पर्वमा पोखरीको डिलमा रहेको बरको रुखमा सामूहिक पूजाआजा गरिन्छ।

यसअघिका वर्षहरुमा वट सावित्रीका बेला जनकपुरलगायत सम्पूर्ण मिथिला क्षेत्रमा गाउँ नजिकको बरको रुखमा पूजा गर्नेको बिहानैदेखि घुइँचो हुन्थ्यो।

यो पर्व मनाउने महिलाहरु एकदिन अगाडि नै चोखो भएर अरबा अरबाइन (शुद्ध) खाने गर्दछन् भने पर्वका दिन बिहानै नुहाई नयाँ बस्त्र लगाई समूहमा बटसावित्री गीत गाउँदै पूजा गर्न बरको रुख नजिक पुग्छन्।

यसै दिन बरको फेदमा सावित्री–सत्यवानको कथा वाचन समेत गरिन्छ।

प्रकाशित: May 22, 2020| 11:40 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।