आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुमा थपिएका कोरोना संक्रमितमध्ये दुई पत्रकार

कपिलवस्तुमा थपिएका कोरोना संक्रमितमध्ये दुई पत्रकार

कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

बुटवल-  कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रबार कपिलवस्तुमा भेटिएका थप नौ संक्रमितमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।  

योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ।

यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

आज थपिएका दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षीय पुरुषहरु हुन ।

यस्तै बिहीबार बुटवलको प्रदेश सभा सचिवालयमा भएको आरडीटी परीक्षणमा प्रदेश ५ का दुई सांसदको नतिजा पोजिटिभ आएपछि उनीहरुको पीसीआर परीक्षण गरिने भएको छ।  उनीहरुमध्ये एक जना बाँके र एकजना रुपन्देहीका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ९ बजेसम्म नेपालमा कुल ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित: May 22, 2020| 11:02 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।