आइतबार, भदौ ७, २०८३

आफताब आलमको घरमा प्रहरी छापा, १२ राउन्ड हवाई फायर

हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलमको रौतहटको राजपुरस्थित घरमा प्रहरीले मध्य रातमा छापा मारेको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

रौतहट- हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलमको रौतहटको राजपुरस्थित घरमा प्रहरीले मध्यरातमा छापा मारेको छ।

सोही मुद्दाका फरार अभियुक्त आलमका भाइ महताब आलम घरमा आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

दुई दिनपछि आउन लागेको मुस्लिमहरुको पर्व इद उल फित्रका अवसरमा महताब घरमा आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ। यद्यपि, प्रहरीले महताबलाई फेला पार्न सकेन।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले आलमका भाइलगायत तीन जना फरार अभियुक्त घरमा आएको सूचनाका आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारेको बताए।

प्रहरीले छापा मारे लगत्तै गाउँलेहरु आलमको घर अगाडि ठूलो संख्यामा जम्मा भएर डाँका आयो भन्दै होहल्ला गरेपछि भीड हटाउन प्रहरीले १२ राउन्ड हवाइफायर समेत गरेको थियो।

आरोपित सांसद आलम भने नख्खु कारागारमा छन्।

प्रकाशित: May 22, 2020| 10:25 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।