आइतबार, भदौ ७, २०८३

थप ३० जनामा कोरोना संक्रमण

थप ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडाैं- नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ।

काठमाडौंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज थपिएका संक्रमितमा नवलपरासी त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, चितवन भरतपुर महानगरपालिका ६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन्।

नवलपरासी सुस्ता गाउँपालिका ५ का ३३ वर्षीय पुरुष, सोही जिल्लाको रामग्राम नगरपालिका ३ का ३५ वर्षीय पुरुष र रामग्राम १८ कै १५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका (९ जना) २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिका संक्रमित भएका छन्।

अन्य संक्रमितमा सर्लाहीको गौडेता नगरपालिका ८, ९, ११, १३ र १५ वडा तथा रामनगर बहुअर्वा गाउँपालिका ७ का (१५ जना) २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला छन्।

प्रकाशित: May 22, 2020| 09:20 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।