आइतबार, भदौ ७, २०८३

बाँकेका २१ संक्रमितको रिपोर्ट नेगेटिभ

बाँकेका २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको रिपोर्ट नेगेटिभ देखिएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

नेपालगन्ज- बाँकेका २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको रिपोर्ट नेगेटिभ देखिएको छ।

स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले  बाँकेका पहिलो संक्रमित ६० वर्षीय पुरुषको तेस्रो पटकको र अन्य २० जनाको दोस्रो पटकको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिए। उनका अनुसार पहिलो संक्रमितको भने दोस्रो पटकको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनीहरुको भेरी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो।

उक्त आइसोलेसनमा २५ जना संक्रमित रहे पनि बाँकी ४ जनाको समयावधि नपुगेकाले दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमितको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउने सम्बन्धमा छलफल भइरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

बाँकेमा गत वैशाख १९ पहिलो पटक संक्रमण पुष्टि भएको थियो। हाल त्यहाँ १०१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: May 22, 2020| 09:11 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।