आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुम्बईको एउटै अस्पतालमा सयभन्दा बढी कोरोना संक्रमितले स्वस्थ शिशु जन्माए

मुम्बईको एउटै अस्पतालमा सयभन्दा बढी कोरोना संक्रमितले स्वस्थ शिशु जन्माए

भारतको मुम्बईस्थित लोकमान्य तिलक म्युनिसिपल जनरल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक सयभन्दा बढी महिलाले स्वस्थ बच्चा जन्माएका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

भारतको मुम्बईस्थित लोकमान्य तिलक म्युनिसिपल जनरल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक सयभन्दा बढी महिलाले स्वस्थ बच्चा जन्माएका छन्।

अस्पतालमा जन्मिएका ११५ शिशुमध्ये तीन जनाको मात्र सुरुवाती कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। तर, उनीहरुको पनि पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।

दुई जना संक्रमित गर्भवतीको भने सुत्केरी हुनुअघि नै मृत्यु भएको थियो। मुम्बईमा हालम्म २४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८४० को मृत्यु भइसकेको छ।

संक्रमित महिलामध्ये आधाभन्दा बढीको अपरेशन गरेर बच्चा निकालिएको थियो। ती गर्भवतीहरुलाई घरमा, बाहिर या अस्पतालको वार्डमा कहाँ कोरोना संक्रमण भयो भन्ने यकिन हुन सकेको छैन।

अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. अरूण नायक भन्छन्, ‘धेरैजसो महिलामा कोरोनाको लक्षण थिएन। पछि केहीमा लक्षण देखिएको थियो तर उनीहरु पनि ठिक भएर घर गइसके। उनीहरु धेरै चिन्तित थिए आफू र आफ्नो बच्चाको बारेमा। सुत्केरी भएपछि सबैलाई एक साता विशेष वार्डमा राखियो र हाइड्रोक्सीक्लोरोक्वीन दिइयो।’

नवजात शिशुलाई पनि आमासँग अलग राखिएको थिएन। उनीहरुले मास्क लगाएर बच्चालाई दूध खुवाएका थिए।

बीबीसी

 

प्रकाशित: May 22, 2020| 08:43 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।