आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको दैनिक संक्रमण हालसम्मकै उच्च, डब्लुएचओ भन्छ– यसले हामीलाई चाँडै छाड्नेवाला छैन

कोरोनाको दैनिक संक्रमण हालसम्मकै उच्च, डब्लुएचओ भन्छ– यसले हामीलाई चाँडै छाड्नेवाला छैन

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका १ लाख ६ हजारभन्दा बढी संक्रमित थपिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो महामारीबाट चाँडै छुटकारा नमिल्ने बताएको छ। एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका १ लाख ६ हजारभन्दा बढी संक्रमित थपिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो महामारीबाट चाँडै छुटकारा नमिल्ने बताएको छ। एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो।

पछिल्ला दिनयता दैनिक ९० हजारको हाराहारीमा संक्रमित थपिएकामा बुधबार यो संख्या एक लाख पुगेको थियो। बिहीबार भने संक्रमण थपको मामलामा रेकर्ड नै बनेको छ।

२४ घण्टामा १ लाख ६ हजार ९० जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या ५१ लाख ८९ हजार ५०१ पुगेको छ।

बिहीबार सबैभन्दा बढी अमेरिकामा २८ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् र कुल संख्या १६ लाख २० हजार ७८० पुगेको छ।

रुसमा नयाँ संक्रमित ८ हजार ८४९ थपिएर ३ लाख १७ हजार ५५४ जना पुगेका छन्।

ब्राजिलमा नयाँ संक्रमित १६ हजार ७३० सहित कुल संख्या ३ लाख १० हजार ८७ जना पुगेका छन्।

बेलायतमा २ हजार ६१५, भारतमा ६ हजार १९८, चिलीमा ३ हजार ९६४, साउदी अरेबियामा २ हजार ५३२, पाकिस्तानमा २ हजार १९३ र बंगलादेशमा १ हजार ७७३ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्।

यसअघि डब्लुएचओका एक निर्देशकले धनी मुलुक लकडाउनबाट उम्किँदै गरेको तर गरिब मुलुकमा कोरोनाले पाउ फैलाइरहेको बताएका थिए।

प्रकाशित: May 22, 2020| 08:00 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।