आइतबार, भदौ ७, २०८३

चार वर्ष जेल बसेर छुटेपछि फेरि ठगीमा

नेपाल प्रहरीले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

नेपाल प्रहरीले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी गर्ने तारकेश्वरका ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले पक्राउ परेका चापागाईंले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता महत्वपूर्ण पदमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए।

काठमाडौँ पेप्सीकोलाका सम्झना केसी भट्टराईसँग रु. एक लाख २० हजार लिँदै गरेको अवस्थामा चापागाईंलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । “पक्राउ व्यक्ति यसअघि पनि ठगी गरेको कसुरमा चार वर्ष नख्खु कारागारमा कैद भुक्तान गरेको अनुसन्धानमा खुल्न आएको छ”, प्रवक्ता कार्कीले भेने।

यसअघि पक्राउ पर्दा चापागाईंले आफू उच्चपदस्थ व्यक्तिको पिए भनी कारागार तथा प्रमुख जिल्ला अधिकारीलाई फोन गरी कैदी रिहा गर्न आदेश दिने गरेको अनुसन्धानमा खुलेको छ । आर्मी स्कुलमा बच्चा भर्ना गराइदिन्छु भनी विभिन्न व्यक्तिलाई प्रलोभनसमेत दिने गरेका थिए ।

पक्राउ परेका चापागाईंसँग प्रहरीले सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षकको नक्कली परिचयपत्र एक थान, खरिदार पदको नक्कली परिचयपत्र एक थान, स्कुटर एक थान, मोबाइल एक थान, सिमकार्ड तीन थान र रु एक लाख २० हजार नगद बरामद गरेको छ ।

रासस

प्रकाशित: May 22, 2020| 06:37 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।