आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो । भेरी अञ्चल अस्पतालले उनी नर्स रहेको जनाएको छ । उनी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी स्थानिय बासीन्दा हुन् ।
बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । खजुरा प्रखर अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ ।
संक्रमितलाई उपचार गर्नेा क्रममा उनलाई कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ । नेपाल अहिले सम्म संक्रमितको संख्या ४५७ पुगेको छ । भने बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेका छन् । बिहीबार बाँकेमा थप दुई जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका ३ संक्रमित मध्ये नरैनापुर ३ निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ बर्षीया महिला र कपिलवस्तुको शुद्धोदन निवासी १९ बर्षीय पुरुष छन् ।
प्रकाशित: May 22, 2020| 06:29 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।