आइतबार, भदौ ७, २०८३

पाकिस्तानमा एकै दिनमा २१९३ कोरोना संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् ।

योसँगै देशभरी अहिलेसम्म कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार ९१ पुगेको पनि अधिकारीहरुले बताएका छन् ।

उनीहरुले अहिलेसम्म कोरोनाका कारण एक हजार १७ जनाको मृत्यु भएको र ती मध्ये ३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि जानकारी दिएका छन् ।

देशभरी कुल चार लाख २९ हजार छ सय भन्दा बढीको परीक्षण गरिएको छ । सङ्क्रमित मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेका छन् । सिन्ध प्रान्तमा मात्रै १८ हजार ९६४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

देशभरी कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म १४ हजार १५५ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

 

 

प्रकाशित: May 22, 2020| 06:23 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।