इरानमा एक लाख २९ हजार ३४१ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने सात हजार २४९ को मृत्यु भएको छ ।
इरानको राष्ट्रिय टेलिभिजनले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्या दुई हजार ३९२ रहेका छन् भने यो अवधिमा मृत्यु हुनेको सङ्ख्या ६६ रहेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण बढी प्रभावित मुलुकमध्ये इरान पनि एक हो ।
इरानमा अहिलेसम्म एक लाख ५६४ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । यहाँ दुई हजार ६५५ सङ्क्रमितको अवस्था गम्भीर भएको बताइएको छ ।
इरानमा सात लाख ४६ हजार ४५ व्यक्तिको कोभिड–१९ को सङ्क्रमण परीक्षण भएको छ । इरानमा सबैभन्दा पहिलो व्यक्तिमा सङ्क्रमण पुष्टि फेब्रुअरी १९ मा भएको थियो ।
रासस