आइतबार, भदौ ७, २०८३

व्यासमा खटियो सेना, महाकाली करिडोर खुलाउने

महाकाली करिडोर अन्तर्गतको खलंगा–छाङरु सडक खण्ड निर्माणका लागि नेपाली सेनाको फौज व्यास गाउँपालिकाको घाँटीबगरको थीमा तैनाथ भएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- महाकाली करिडोर अन्तर्गतको खलंगा–छाङरु सडक खण्ड निर्माणका लागि नेपाली सेनाको फौज घाँटीबगरको थीमा तैनाथ भएको छ।

महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरतर्फको ८७ किमि सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने सरकारको १४ वैशाखको निर्णय अनुसार घाँटीबगरमा एक सेक्सन फौज खटिएको नेपाली सेनाले जनाएको छ।

सेनाले हाल उक्त सडक खण्डको व्यास गाँउपालिका– २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो/घोडेटो बाटो निर्माण कार्य अघि बढाउने जनाएको छ। साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली शुक्रबार पुग्ने छ।

चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका- १ मा पर्ने छाङरु र तिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले अहिले बाटो बन्द छ।

ती गाउँका वासिन्दाले हाल भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएका छन् । घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड सुचारु भएपछि स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।

 

प्रकाशित: May 21, 2020| 22:35 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।