राजापुर- बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवारमा माटाको ढिस्कामा पुरिँदा आज एक बालकको मृत्यु भएको छ।
घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्काबाट पुरिएर स्थानीयवासी १० वर्षीय संगम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।
ढिस्काबाट पुरिएर १२ वर्षीय सुगन्ध थारु भने सामान्य घाइते भएका छन्। -रासस