आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनपद प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना

जनपद प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना

मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार काठमाडौं कालीमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार संक्रमण देखिएपछि वृत्तलाई नै सि गरेर स्वास्थ्य परीक्षण थालिएको छ।

धनकुटा, बारामा एकएक र कपिलवस्तुमा दुई प्रहरीमा संक्रमण देखिएको छ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका चार कर्मचारीमा कोभिड–१९ को संक्रमण भएको छ। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ उच्च जोखिम मोलेर मुलुकको शान्ति सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा केही संक्रमण देखिए पनि मनोबल नघट्ने बताउँछन्।

आवश्यक सुरक्षा मापदण्डअनुसार नै सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए। नेपाली सेनामा दुई अधिकृतलाई समेत कोभिड–१९ देखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनका अनुसार विदेशमा थप एक जनालाई संक्रमण भएको छ।

उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल अग्रपंक्तिमा खटिने प्रहरीमा संक्रमण हुनसक्छ भन्ने पूर्वानुमान रहेकाले केहीमा लाग्नु स्वाभाविक भएको बताउँछन्।

संक्रमण फैलनबाट रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन्। घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार परिचालन गर्ने गरिएको छ। -रासस

प्रकाशित: May 21, 2020| 19:20 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।