आइतबार, भदौ ७, २०८३

प्रदेश २ सरकारले पीसीआर प्रयोगशाला सञ्चालन गर्ने

प्रदेश २ सरकारले रियल टाइम पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ भित्र परीक्षणको दायर बढाउन प्रदेश सरकारले जनकपुर र राजविराजमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

जनकपुरधाम - प्रदेश २ सरकारले रियल टाइम पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ भित्र परीक्षणको दायर बढाउन प्रदेश सरकारले जनकपुर र राजविराजमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो।

सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जनकपुरको पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा रियल टाइम पीसीआर मेसिन जडान गरिने जानकारी दिएका छन्। यससँगै जनकपुरमा तेस्रो पटक पीसीआर मेसिन जडान हुन लागेको हो। यसअघि राष्ट्रिय प्रयोगशालामार्फत आएको दुई पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेको बताइएको छ। सचिव घिमिरेले जनकपुरका साथै राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पीसीआर मेसिन जडान गरिने जानकारी दिएका छन्।

रियल टाइम पीसीआर प्रयोगशाला सञ्चालन गर्न आवश्यक सुझाव, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरण गर्न राष्ट्रिय प्रयोगशालाका पूर्वनिर्देशक डा.राजकुमार महतोलाई प्रदेश सरकारले विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको छ।

यसैगरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देश एवं समन्वय समितिले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती तथा कोभिड–१९ लेवल १ अस्पताल निर्माण गर्न सरकारलाई सुझाएको छ। समितिको सुभावअनुसार सिरहा अस्पताल सिरहामा ५० बेड तथा सोही अस्पताल मातहत रहने गरी महेन्द्र गेनाइ अस्पतालमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ।

यसैगरी, रौतहट जिल्लाको गौर अस्पताल मातहत रहनेगरी गौर नर्सिङ कलेजमा ३० बेड, पोखरीया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पताल सप्तरीमा ५० बेड, मलंगवा अस्पताल सर्लाही मातहत सञ्चालन हुनेगरी सर्लाही जिल्लास्थित रामनारायण यादव नर्सिङ कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी मातहत रहनेगरी सप्तरीको प्रस्तावित साईकृष्ण मेडिकल कलेज राजबिराजमा ५० बेड र महोत्तरी जिल्लाको बर्दिबास अस्पताल बर्दिबासमा २५ बेड क्षमताका आइसोलेसन कक्षसहित कोभिड–१९ लेभल १ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 21, 2020| 18:55 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।