आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई स्कुलमै राखियो, नगरपालिकाको आपत्ति

कोरोना संक्रमितलाई स्कुलमै राखियो, नगरपालिकाको आपत्ति

आठबीस नगरपालिका दैलेखका ३५ वर्षीय कोरोना संक्रमति युवालाई कर्णाली प्रदेश सरकारले उपचारबाट वञ्चित गरेको नगरपालिकाले आरोप लगाएको छ। संक्रमतिलाई तोकिएको अस्पतालमा उपचार गर्नुपर्नेमा कुनै मापदण्ड नै पूरा नभएको स्कुलमा राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नगरपालिको जनाएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

सुर्खेत–आठबीस नगरपालिका दैलेखका ३५ वर्षीय कोरोना संक्रमति युवालाई कर्णाली प्रदेश सरकारले उपचारबाट वञ्चित गरेको नगरपालिकाले आरोप लगाएको छ। संक्रमतिलाई तोकिएको अस्पतालमा उपचार गर्नुपर्नेमा कुनै मापदण्ड नै पूरा नभएको स्कुलमा राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नगरपालिको जनाएको छ।

‘कोरोना उपचारको लागि तोकिएको अस्पतालमा नपुर्‍याइ संक्रमितलाई उपचारबाट वञ्चित गरिएको छ’, नगर उपप्रमुख दीपा बोहोराद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार तयार गर्ने स्वार्थमा संक्रमतिको स्वास्थ्य माथि गरिएको गम्भीर खेलवाड हामीलाई सैह्य छैन।’

संक्रमित युवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल मध्ये कुनै एक अस्पतालमा उपचार गराउनुपर्ने नगरपालिकाले जनाएको छ। कर्णाली प्रदेशका एकमात्र संक्रमित ती युवालाई दैलेख सदरमुकामस्थित सरस्वती मावि झुप्रेसालमा राखिएको छ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखले संक्रमितको उपचारमा अहिले नै विशेष अस्पतालमा गर्नुपर्ने अवस्था नरहेको जनाएको छ। ‘संक्रमितलाई कुनै लक्षण छैन, उनी सामान्य अवस्थामा छन्’, दैलेखका जनस्वास्थ्य प्रमुख डाक्टर निराजन पन्तले भने, ‘स्कुललाई दुई महिनाअघि नै अस्पतालका रुपमा रुपान्तरण गरेका छौं, उपचारमा विभेद गरिएको होइन।’ संक्रमतिको उपचारमा डाक्टरसहित चार जनाको टोली खटिएको उनको भनाइ छ।

प्रकाशित: May 21, 2020| 18:44 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।