आइतबार, भदौ ७, २०८३

लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका ८ युवा पक्राउ

दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लकडाउनको समयमा एक गाउँपालिकाबाट अर्कोमा गएको भन्दै प्रहरीले बाटो देखाउने एकसहित आठ युवालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दीपक साउँद र जनकसिंह साउँद छन्।

लेकम गाउँपालिकाका उनीहरुलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम विष्टले जानकारी दिए।

विष्टले लकडाउनको उलंघन गर्दै एक ठाउँबाट अर्को ठाउँमा गएकोले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै नियन्त्रणमा लिएको बताए।

नियन्त्रणमा लिएकाहरुलाई सदरमुकाम खलंगा ल्याउँदै गरेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार पक्राउ पर्ने युवाहरु विप्लप समूहसँग आवद्ध रहेको खुलेको छ।

प्रकाशित: May 21, 2020| 18:50 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।