आइतबार, भदौ ७, २०८३

चक्रवातकाे असरले हावाहुरीसहित तीन दिन वर्षा हुने

चक्रवातको प्रभावका कारण आज (मंगलबा)देखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा देखिन थालेको छ।

चक्रवातको प्रभावका कारण आज (मंगलबा)देखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव तीन दिनसम्म देखिन सक्नेछ भने ठाउँ ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ ।

अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा आकाश धुम्मिएको छ । केहि ठाउँमा हावा हुरीसहित वर्षाको हुने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल मात्र अहिले नेपाल आइरहेको छ । सोहि कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।

यसको असर बिस्तारै बढ्दै जाने उनले बताइन् । मौसमविद् नगरकोटीले भनिन्- 'यसको प्रभाव आजभन्दा भोलि बढ्दै जान्छ, मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना देखिएको छ ।' 

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

जेठ ६ गते (मंगलबार)

दिउँसोः देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ७ गते (बुधबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ८ गते (बिहीबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: May 19, 2020| 08:53 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।