आइतबार, भदौ ७, २०८३

धनुषाका २ नयाँ संक्रमित भारतबाट फर्किएका

दुवैजना जेठ १ गतेदेखि धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टिनमा थिए।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

जनकपुरधाम- धनुषाका थप दुईजनामा कोरोना संक्रमण देखिएको छ। सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार धनुषाका ४५ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका दुवैजना जेठ १ गतेदेखि धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टिनमा थिए। ४५ वर्षीय पुरुष जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ र २१ वर्षीय पुरुष जनकपुरधाम वडा नम्बर २१ का हुन्।

४५ वर्षीय पुरुष ‘लकडाउन’ कै बेला भारतको हरियाणा र २१ वर्षीय पुरुष विहारको मधुबनी जिल्लास्थित विहारी गाउँबाट ३१ वैशाखमा घर फर्केका थिए।
चामल व्यापारी ४५ वर्षीय पुरुष व्यवसायको सिलसिलामा भारतको हरियाणा पुगेको बताइएको छ।

भारतबाट फर्केको थाहा पाएर स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई गंगुलीस्थित क्वारेन्टिनमा राखिएको क्वारेन्टिनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार दुवैजनाको जेठ २ गते स्वाब संकलन भएको थियो । कोरोना संक्रमण देखिएका दुवैजनाको स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ।

संक्रमण पुष्टि भएपछि दुवैजनालाई प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। यसअघि सोमबार अपराह्र धनुषाका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।

कोरोना पुष्टि भएका धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका बस्ने २८ वर्षीय अहिले काठमाडौंमा छन्। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। याेसहित धनुषामा काेराेना संक्रमितकाे संख्या ८ पुगेकाे छ।

प्रकाशित: May 19, 2020| 09:00 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।