आइतबार, भदौ ७, २०८३

नेपालका लागि बेलायती पूर्वराजदूत अझै भेटिएनन्

दुई हप्ताअघि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

दुई हप्ताअघि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ ।

मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्केका मोरिस बेपत्ता भएका थिए । गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो ।

सोमबार पुनः अर्को अपिल जारी गर्दै बेन्ट्ली वरपरका मानिसलाई आ–आफ्नो घर वरिपरिका झाडीमा केही शङ्कास्पद चिज भेटिए खबर गर्न भनिएको छ । यस्तै उक्त दिन सोही क्षेत्र भई आवतजावत गरेका व्यक्तिको गाडीको ‘डेसक्याप’ पनि हेर्न अनुरोध गरिएको छ । खासगरी गाडीमा जडित उक्त यन्त्रले बाहिरी वातावरणको दृश्य कैद गर्दछ ।

रिचार्डको खोजीका लागि तालिमप्राप्त कुकुरहरू र हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । उनको घर नजिकैको जङ्गलमा प्रहरीको छुट्टै टोलीले खोजतलास तीव्र पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी कूटनीतिक क्षेत्रका एक अब्बल व्यक्ति गुमाएको र उनलाई अझै सकुशल अवस्थामा भेट्टाउने आशा रहेको व्यक्त गरेका छन् । बेपत्ता रिचार्ड मोरिस नेपालका लागि सन् २०१५ देखि २०१९ सम्म रातदूतका रुपमा कार्यरत थिए।

रासस

प्रकाशित: May 19, 2020| 07:55 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।