आइतबार, भदौ ७, २०८३

रोल्पा अस्पतालको आइसोलेशनमै एक युवाको मृत्यु

रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका एक युवकको मृत्यु भएको छ ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

रोल्पा- रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका एक युवकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार आइसोलेशनमै मृत्यु भएको रोल्पा अस्पतालले जनाएको हाे ।

दुबै मृगौला फेल भएका ती युवा काठमाडौंमा डायलसिस गराउँदै आएका थिए । लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका उनी सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए ।

उनका कोरोनाको संक्रमण छ छैन भन्ने विषयमा परिक्षण गर्न उनको स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा धनमाया घर्तीले जानकारी दिइन् ।

प्रकाशित: May 19, 2020| 07:33 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।