मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीका पहिलो संक्रमितको यस्तो छ ट्राभल हिस्ट्री

कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित भारतबाट गाउँ फर्किँदा सिमानामा ४५ दिन रोकिएको पाइएको छ। चैत १४ गते नेपालको सिमाना (भारतको बनबासा) आइपुगेका उनी ४५ दिनसम्म त्यहीँ रोकिएका थिए।
 |  मंगलबार, जेठ ६, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, जेठ ६, २०७७

कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित भारतबाट गाउँ फर्किँदा सिमानामा ४५ दिन रोकिएको पाइएको छ। चैत १४ गते नेपालको सिमाना (भारतको बनबासा) आइपुगेका उनी ४५ दिनसम्म त्यहीँ रोकिएका थिए।

triton college

दैलेखको आठविसकोट नगरपालिका–१ सात्तलाका ३५ वर्षिय उनी ४५ दिनपछि अर्थात् वैशाख ३१ गतेमात्रै सिमानाबाट नेपाल प्रवेश पाएका थिए ।

नगरपालिकाले तयार पारेको ट्राभल हिस्ट्रीअनुसार संक्रमतिसँगै ५३ जना व्यक्ति एउटै बसमा नेपाल फर्किएको पाइएको छ। आठविसकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले दिएको जानकारी अनुसार आठविसकोट वडा नम्बर १ का ३९ जना, दैलेखकै ठाँटीकाँध गाउँपालिकाका ८ जना, दुल्लु नगरपालिका, चामुन्डाविद्रासैनी नगरपालिकाका ११ जना र बर्दियाका ४ जना गरी ५३ जना व्यक्ति एउटै बसमा फर्किएका थिए ।

‘सरकारले सिमानामा आएका नागरिकलाई उद्धार गर्ने भनेपछि बस पठाएर ल्याएका हौँ,’ वडाध्यक्ष विश्वकर्माले भने, ‘महेन्द्रनगरको कड्डाचौकीबाट ४९ जना दैलेखका र ४ जना बर्दियाका एउटै गाडीमा आएका हुन् ।’

बर्दियाका ४ जना भने भुरीगाउँ झरेका थिए। ‘उनीहरुको पुरानो ठाउँ सात्तला हो। बर्दिया झरेकाहरु पनि पहिले सात्तलाबाटै बसाइँ सरेर गएका हुन्,’ उनले भने, ‘भारतमा पनि एउटै कोल्ड स्टोरमा काम गर्थे ।’

Metro Mart
vianet

रोजगारीका लागि फागुनमा भारतको आगरा पुगेका ५३ जना नै आलुको कोल्डस्टोरमा काम गर्दै आएका थिए । त्यहाँ कोरोनाको त्रासपछि लकडाउन भएको ३ दिनपछि अर्थात् चैत १४ गते साँझ बनबासा आइपुगेका थिए।

लकडाउनका कारण नेपाल प्रवेश नपाएपछि बनबासाकै क्वारेन्टाइनमा ४५ दिन बसेका थिए। ४६ औं दिन (वैशाख ३१ गते) दिउँसो भारतको प्रशासनले महेन्द्रनगरको गड्डाचौकीमा पुर्याइदिएको थियो । सोही दिन नगरपालिकाले गाडीको व्यवस्थापन गरी राती ३ बजे गाउँपालिकाले तयार पारेको लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टिनमा ल्याइएको थियो ।

प्रकाशित: May 19, 2020| 07:00 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।